कुबेलाको नाटक मन्चन

कुबेलाको नाटक मन्चन


समाचार सुन्दा र पत्रिका पड्दा एस्तो लाग्छ , प्रधान मन्त्री  ओली अन्तत राजिनामा दिने मनस्थिति मा हुनु हुदो रछ । हाम्रो देशको राजनीति र राजनीतक खेलाडीहरु कहिले  संग्लो र इमान्दार हुन् नसक्नु दुख लाग्दो कुरो । आफ्नो पार्टी को दुइ तिहाई सरकार हुदा हुदै किन अरु पार्टी फुटाउनु पर्ने , किन अपहरण गर्नु गराउनु पर्ने। हाम्रो देशको राजनीति बुझी नसक्नु को रछ र छ पनि।

मलाई त् एस्तो  लाग्छ , वहाले  तेती सजिलै संग मैदान छाड्नु हुन्छ होला र ? अहिले खेल्नु भाको चाल र जालमा एक दुइ जना  महत्वाक्छी नेताहरु नराम्रा संग फस्ने छन् । यो  मेरो बोधो मगजले आकलन गरेछ । बामदेवलाई प्रधान मन्त्री रे माधव नेपाललाई अधयक्ष ।  नेपाल को संबिधान संसोधन नगरी बामदेव प्रधान मन्त्री , सम्भव होला र ? तेस्तै पार्टी को बिधान ले सोझै अधय्क्ष हुन्  पाइएला त् ?

आनि यी राजनैतिक नाटक कहिले सम्म मन्चन होला र हामी नागरिकहरुले  कहिले सम्म टुलु टुलु हेरेर बस्नु पर्ने हो। देश र जनता कोरोनाको महामारीमा फसेको बेला एस्तो कुबेला को राजनैतिकले  देश कतै र कुनै दुर्घटनामा त् पर्ने होइन ? आगामी दिनहरुको प्रतिक्षामा बस्या छु ।

जे होला , राम्रै होला भन्ने आशमा छु । 


घरैमा बस्नु होला  , सुरक्क्षित रहनु होला |
 
नय पत्रिकाको आज २०७७ बैशाख १८ बिहीबारको मुख पृष्ठमा छापिएको रमाइलो समाचार मैले यहाँ पस्किन चाहे । 

प्रधानमन्त्री ओली राजीनामा दिन तयार, ‘कोरोनापछि वामदेव गौतम प्रधानमन्त्री, माधव नेपाल अध्यक्ष’

https://www.nayapatrikadaily.com/news-details/42381/2020-04-30

Popular posts from this blog

HOW TO EARN MONEY FROM YOUR BLOG

Enjoy Dashai Holiday With Kapil's Melodious Song